Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रतिवैरम’को आइटम गीतमा प्रियंकाको नृत्य

फिल्मीखबर, काठमाडौं, 2025/07/06

priyanka karki

 

कुनै बेला अभिनेत्री प्रियंका कार्कीलाई फिल्ममा अभिनय गर्न भ्याइनभ्याइ हुने गर्थ्यो । तर, अचेल उनी फिल्मका गीतमा बढी काम गरिरहेकी छन् । केही दिनअघि उनले नृत्य गरेको फिल्म ‘हली’को गीत ‘चानस पाए त’ सार्वजनिक भएको थियो । अब उनले अर्को फिल्म ‘प्रतिवैरम’को आइटम गीतमा नृत्य गरेकी छन् । यो फिल्ममा उनको अभिनय भने छैन ।

चलचित्र विकास कम्पनीको सेटमा दुई दिनसम्म खिचिएको गीतमा संगीत मनिष अधिकारी, शब्द रोशन दास, र स्वर रितिका श्रेष्ठको रहेको छ भने छायांकन नितेश घतानले गरेका छन् । भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । आइटम गीत खिचेसँगै फिल्मको आधाभन्दा बढी छायांकन पूरा भएको जनाइएको छ । बाँकी छायांकन मनसुन निस्क्रिय भएपछि गरिनेछ । 

रोशन दासले निर्देशनको जिम्मेवारी सम्हालेको यो फिल्ममा सम्राट दास, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतको अभिनय रहेको छ । यसमा निर्देशक दास स्वयंको कथा छ भने पटकथा युवराज भट्टराईले तयार पारेका हुन् ।

किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टसँगको सहकार्यमा रेज इन्टरटेनमेन्टले निर्माण गरेको ‘प्रतिवैरम’ मधेशको कथामा आधारित छ । निर्देशक दासका अनुसार मधेश केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु-बहिनीबीचको भावनात्मक सम्बन्धको कथा फिल्ममा छ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।