Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई फिल्म फ्लप भएपछि दिव्याको भिडियोमा डेब्यु

फिल्मीखबर, काठमाडौं, 2025/07/06

Divya Rayamajhi

 

फिल्ममा डेब्यु गर्नुअघि अभिनेत्री दिव्या रायमाझीको चर्चा व्यापक थियो । त्यसको कारण थियो, उनी ‘स्टार किड्स’ हुन् । चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी भएका कारण उनीप्रति फिल्मकर्मीदेखि दर्शकसम्मको चासो थियो । यसैले उनले डेब्यु गरेको फिल्म ‘एक्टर : टेक वान’ उनकै कारण सर्वाधिक चर्चामा रह्यो । तर, दुर्भाग्य ! यो फिल्मको नतिजाबाट भने उनी निराश हुनुपर्‍यो ।

एकातिर डेब्यु फिल्मको असफलता र अर्कोतिर प्रशंसालायक अभिनय देखाउन नसक्दा अहिले दिव्याको चर्चामा ह्रास आएको छ । दोस्रो फिल्म ‘पिताम्बर’बाट पनि त्यही नियति दोहोरिँदा उनको करिअर अब के हुन्छ भन्ने चासो उब्जिएको छ । तर, दुई फिल्म फ्लप भए पनि उनीप्रति मेकरहरुको विश्वास गुमेको छैन । यसैले त ‘पिताम्बर’ रिलिज लगत्तै उनी ‘माया प्रीति’मा अनुबन्धित भइन् ।

अब भने दिव्या फिल्ममा मात्र सीमित हुने सोचमा छैनन् । यसैले उनले म्यूजिक भिडियोमा डेब्यु गरेकी छन् । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’बाट उनले भिडियोमा डेब्यु गरेकी हुन् । यसमा उनको जोडी गायक सज्जनसँग नै बाँधिएको छ । यी दुईको केमेस्ट्रीलाई दर्शकहरुले निकै मन पराएका छन् । कतिले दिव्याको सुन्दरताको पनि प्रशंसा गरेका छन् ।

युट्युबमा ‘बेहुली’ले पाएको भ्यूज र टिकटक जस्ता प्लेटफर्ममा भाइरल भइरहेका गीतका अंश हेर्दा दिव्याले दुईवटा फिल्मबाट पाउन नसकेको लोकप्रियता यही एउटा गीतबाट हासिल गर्न सक्ने देखिन्छ । युवापुस्तामाझ चिनिने उनलाई यो राम्रो अवसर पनि हो । उनले शनिबार सामाजिक सञ्जालमा उक्त भिडियो सेअर गर्दै सज्जनसँग स्क्रिन सेअर गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।