Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रियाल रिङ्गेट’को ‘तिम्रा बाले ज्वाइँ खोजे’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/07/03

Pramod Chaulagain, Neeta Dhungana

 

आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको पार्श्व गायन रहेको गीतमा प्रदीप भारद्वाजको शब्द रचना तथा गायक काफ्ले स्वयंको सङ्गीत रहेको छ । 

गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रमोद चौलागाईं र नीता ढुंगाना अधिकारी प्रस्तुत छन् । उनीहरुबीचको नोकझोंक र प्रेमलाई भिडियोमा देखाइएको छ । गीतले फिल्मको कथावस्तुलाई पनि दर्शाउँछ । नीताले आफ्नो लागि परिवारले विदेश कमाउन गएको केटा खोजिरहेको भाव व्यक्त गरेकी छन् । फिल्मको उठाएको विषय पनि वैदेशिक रोजगारी नै हो ।

विभोर पोखरेलको निर्देशनमा तयार भएको यो फिल्ममा प्रमोद र नीतासहित छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतको अभिनय रहेको छ । यसमा प्रदीप भारद्वाजको लेखन छ । 

निर्देशक पोखरेलले ‘रियाल रिङ्गेट’ हरेक नेपालीको कथा भएको बताएका छन् । फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्नुपर्ने क्रूर यातना र उनीहरूको जीवनशैलीलाई चित्रण गर्ने उनले बताए । यसमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन तथा किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।