Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा भित्रिए दयाहाङ

फिल्मीखबर, काठमाडौं, 2025/07/03

pensenpatta

 

कलाकार माओत्से गुरुङले आफ्नो आगामी निर्देशकीय फिल्म ‘पेन्सनपट्टा’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राईलाई अनुबन्धित गरेका छन् । बिहीबार निर्देशक गुरुङले यसबारे जानकारी गराएका हुन् । उनले यसअघि दयाहाङलाई लिएर फिल्म ‘दयारानी’ बनाएका थिए, जुन बक्स अफिसमा हिट भएको थियो ।

निर्देशक गुरुङले दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडि बढाउनुका साथै अर्को एउटा उत्कृष्ट फिल्म दर्शकलाई पस्किने प्रयास रहने बताएका छन् । उनका अनुसार लोभी केटा कसरी दानी बन्छ भन्ने कथामा फिल्म आधारित हुनेछ । आगामी कात्तिक तेस्रो साताबाट फिल्मको छायांकन सुरु गरिँदैछ । 

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मको कथा निर्देशक गुरुङ स्वयंले लेखेका हुन् । दयाहाङबाहेक फिल्ममा अरु कलाकार तय भएका छैनन् । सुसन प्रजापतिको छायांकन रहने फिल्मलाई पोखरा आसपासमा खिचिने जनाइएको छ ।

पछिल्लो समय चरित्र अभिनेताको रुपमा पहिलो रोजाइमा पर्दै आएका माओत्सेले ‘डिग्री माइला’, ‘पुरानो डुङ्गा’, ‘कबड्डी’, ‘मिस्टर झोले’, ‘साइँली’, ‘पानी फोटो’, ‘चच हुई’ जस्ता दुई दर्जन बढी फिल्ममा काम गरिसकेका छन् । केही गुरुङ भाषाका फिल्म निर्देशन गरेपछि उनले ‘दयारानी’बाट मूलधारको फिल्म निर्देशनमा फड्को मारेका थिए ।