Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४३ भाषामा सबटाइटलसहित ‘चित्रा’ प्राइम भिडियोमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/07/02

Chitra

 

पछिल्लो समय विश्वका चर्चित ओटीटी प्लेटफर्महरूमा नेपाली फिल्म रिलिज हुने क्रम बढेको छ । विशेषगरी प्राइम भिडियोमा फिल्महरू रिलिज भइरहेका छन् । ‘अनौठो तृष्णा’, ‘बाटो’, ‘१९१५: लेजेन्ड अफ गोर्खाज्’ जस्ता फिल्महरू उक्त प्लेटफर्ममा स्ट्रिमिङ भइसकेका छन् । अब अर्को फिल्म ‘चित्रा’ प्राइम भिडियोमा रिलिज भएको छ, त्यो पनि ४३ भाषामा सबटाइटलसहित ।

यो फिल्म २ सयभन्दा बढी देशका दर्शकले सःशुल्क हेर्न सक्ने जनाइएको छ । यसअघि प्राइम भिडियोमा रिलिज भएका नेपाली फिल्म बेलायत र अमेरिका संस्करणमा मात्र सीमित थिए । यसअर्थ ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज हुने पहिलो नेपाली फिल्म बनेको छ । 

निर्देशक घनश्याम लामिछानेले आफूले निर्देशन गरेको फिल्म यसरी विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय ओटीटीमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए । भन्छन्, ‘यो सफलता नेपाली फिल्म उद्योगका लागि उदाहरणीय बन्न सक्ने सम्भावना छ । हाम्रो कथा अब संसारका दर्शकले बुझ्ने भाषा र माध्यममा पुगेको छ । यो एउटा सुरुवात मात्र हो ।’

बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको ‘चित्रा’मा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ । २०८० सालको पुष २७ गते यो फिल्म हलमा प्रदर्शन भएको थियो ।