Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इटालीको फेस्टिभलमा ‘आँखा’लाई दुई विधामा अवार्ड

फिल्मीखबर, काठमाडौं, 2025/07/01

aakha movie

 

जोन योन्जनको निर्देशनमा बनेको फिल्म ‘आँखा’ले इटालीको प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट फिल्म फेस्टिभल’मा दुई विधामा अवार्ड जितेको छ । वर्षेनि आयोजना हुँदै आएको उक्त फेस्टिभलको २९ औं संस्करणमा फिल्मले उत्कृष्ट ड्रामा र उत्कृष्ट अभिनेत्रीतर्फको दुई अवार्ड जित्न सफल भएको हो । अभिनेत्री विधामा स्मिता लामिछाने उत्कृष्ट बनेकी छन् ।

फिल्मले दुईवटा अवार्ड जितेपछि निर्देशक योन्जनले यो फिल्म क्षेत्रमा लागेका सर्जकहरुको सफलता रहेको बताएका छन् । नेपाली कथा, अभिनय र सिर्जनाको अन्तर्राष्ट्रिय स्तरमा कदर हुनु गौरवको कुरा रहेको उनको भनाइ छ । उनका अनुसार फेस्टिभलको अवार्ड वितरण कार्यक्रम आगामी सेप्टेम्बरमा आयोजना हुँदैछ ।

यसअघि ‘आँखा’ले नेपालको प्रतिष्ठित फेस्टिभल ‘निफ’मा पनि उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । यो फिल्म हल रिलिजमा भने सफल हुन सकेन । यद्यपि, समीक्षा राम्रो पाएको थियो । यसमा स्मितासहित विजय बराल, निशा अधिकारी, वुद्धि तामाङ, आर के मेहता, पशुपति राई लगायतको अभिनय रहेको छ । फिल्ममा समाजको तल्लो वर्गको संघर्षको कथा छ ।