Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे, मुख्य भूमिकामा वर्षा

फिल्मीखबर, काठमाडौं, 2025/07/01

Barsha Siwakoti

 

टेलिसिरियलमा पाएको सफलताबाट हौसिएर श्रृंखलाबद्ध रुपमा हास्य कलाकारहरु फिल्म निर्माणमा होमिरहेका छन् । महजोडी, दीपकराज गिरी, शिवहरी पौडेल, कुमार कट्टेल जस्ता कलाकारले फिल्म निर्माण गरिसकेको अवस्थामा अब अर्का हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ पनि फिल्म निर्माणमा होमिएका छन्। उनले आफ्नो निर्देशन फिल्म ‘गोबर गणेश’ बनाउन लागेका हुन् ।

मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै मरिचमानले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । यसअघि फागुन १ गते आउने भनिएको यो फिल्म अब एक महिनाअघि अर्थात् माघे संक्रान्तिको दिन पारेर माघ १ गतेबाट प्रदर्शन हुनेछ । मरिचमानको कम्पनी बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको छायांकन भदौबाट गरिँदैछ । यो फिल्म कमेडी कथावस्तुमा बन्नेछ ।

‘गोबर गणेश’मा मुख्य कलाकारको ‘लाइनअप’ तयार भइसकेको छ । यो फिल्ममा वर्षा सिवाकोटी, पदम तामाङ, सन्तोष बानियाँ, माओत्से गुरुङ, पुजन घिमिरे पुकु, सीतादेवी तिमल्सेनाको अभिनय रहनेछ । सीतादेवी हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन् । पुजन भने ‘हल्का रमाइलो’ नामक सिरियलकी कलाकार हुन् । थप कलाकार केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।

निर्देशक श्रेष्ठले दर्शक हँसाउनका लागि ‘गोबर गणेश’ बनाउन लागेको बताएका छन् । फिल्ममा उनको अभिनय रहने छ वा छैन भन्नेबारे भने जानकारी गराइएको छैन । कुनै समयको चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा बल्छी धुर्बेको भूमिकामा अभिनय गरेपछि चर्चामा आएका उनी अहिले ‘हल्का रमाइलो’ सिरियलमा संलग्न छन् । यसमा उनको अभिनयसँगै निर्देशन पनि रहेको छ ।