Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हेरा फेरी ३’मा फर्किए परेश

फिल्मीखबर, काठमाडौं, 2025/06/30

When Paresh Rawal said 'Phir Hera Pheri' lost its 'innocence': 'If you're  making a sequel

 

अभिनेता परेश रावल बाहिरिएपछि अन्योल बनेको फिल्म ‘हेरा फेरी ३’को निर्माण अब भने सुरु हुने भएको छ । किनकि, फिल्ममा परेश फर्किएका छन् । यसको पृष्टि उनी स्वयंले गरेका हुन् । हालै एक पोडकास्टमा उनले फिल्ममा आफूले अभिनय गर्न लागेको बताए । यसअघि रावल स्वयंले आफूले फिल्म छाडेको बताएका थिए । उनी बाहिरिएपछि फिल्मको सम्पूर्ण काम रोकिएको थियो ।

परेशले हिमांशू मेहताको पोडकास्टमा भनेका छन्, ‘फिल्मको टिमसँग मेरो कुनै विवाद थिएन । मलाई लाग्छ जब मानिसहरुलाई कुनै कुरा यति धेरै मन पर्छ, तब तपाईं थप सावधान र गम्भीर हुनुपर्छ । दर्शकहरुप्रति हाम्रो केही जिम्मेवारीहरु छन् । दर्शकहरुले धेरै मन पराएका छन् भने तपाईंले चीजहरुलाई हल्का रूपमा लिनु हुँदैन । अझ मेहनत गरेर दर्शकहरुलाई आफ्नो हक दिनुपर्छ ।’

परेशले ‘हेरा फेरी’को टिम एकदमै रचनात्मक रहेको बताएका छन् । यसैले फेरि फिल्ममा जोडिन आफू तयार भएको उनको भनाइ छ । फिल्ममा परेशले चर्चित पात्र बाबू राव गणपत राय आप्टेको भूमिका निभाउनेछन् भने अक्षय कुमार र सुनिल सेट्टी पुरानै पात्र राजु र श्यामको भूमिकामा देखिनेछन् । यसको अघिल्ला दुई श्रृंखलामा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए ।

परेशले ‘हेरा फेरी ३’ छाडेपछि यसका निर्माता समेत रहेका अक्षयले भारु २५ करोड क्षतिपूर्तिको माग गर्दै उनीविरुद्ध अदालतमा मुद्धा हालेका थिए । अक्षय स्वयंले एक अन्तर्वार्तामा परेशसँग चलिरहेको आफ्नो मुद्धा एकदमै गम्भीर रहेको र त्यो अदालतबाट सुल्झिने बताएका थिए । अन्ततः लामो छलफलपछि परेश फिल्ममा फर्किएका छन् । ‘हेरा फेरी ३’ प्रियदर्शनको निर्देशनमा बन्नेछ ।