.jpeg)
कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’मा श्रृंखलाबद्ध रुपमा कलाकारहरुको प्रवेश भइरहेको छ । केही दिनअघि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र जापानी अभिनेत्री रजेल इचिमियालाई अनुबन्धित गरिएको फिल्ममा अब सौगात मल्ल भित्रिएका छन् । गत शुक्रबार उनीसँग निर्माता उज्जवल गुरागाईँले कागजी सम्झौता गरेका हुन् ।
सौगातले यसअघि कृषाको निर्देशन बनेको फिल्म ‘पिताम्बर’मा काम गरिसकेका छन् । यो उनीहरुको दोस्रो सहकार्य हुनेछ । केदारसँग भने उनले पहिलो पटक काम गर्न लागेका हुन् । फिल्ममा कलाकारको लाइनअप थप बलियो बनाउन केही दिनमा अहिलेका चल्तीका एक अभिनेतालाई अनुबन्धित गर्ने तयारीमा निर्माण पक्ष रहेको जानकारी प्राप्त छ ।
यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्नेछ । सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने जनाइएको छ । आगामी भदौबाट फिल्मको छायांकन सुरु गरिँदैछ ।

