Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हली’को ‘चानस पाए त’ गीत : हिलो खेतमा दीपादेखि दीलिप-प्रियंकासम्मको नृत्य

फिल्मीखबर, काठमाडौं, 2025/06/27

pooja kiran and deepaa

 

प्रदर्शन मिति तय नहुँदै फिल्म ‘हली’को पहिलो गीत ‘चानस पाए त’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा जस्मिन श्रेष्ठको शब्द रचना तथा गायक गिरी स्वयंको संगीत रहेको छ । यो फिल्मको प्रमोसनल गीत हो ।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रमोद दीपसँगै कलाकारहरु दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा नृत्य गर्दै देखिएका छन् । कोरियोग्राफर कविराज गहतराजले कलाकारहरुलाई हिलो खेतमा नचाएका छन् । भिडियोमा विशेषगरी दीलिप र प्रियंकाको नृत्य छरितो देखिन्छ । 

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा प्रमोद दीपसहित सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी लगायतको अभिनय रहेको छ । यसमा पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानी छ । 

वास्तविक जीवनका घटनाहरुबाट प्रेरित भनिएको ‘हली’मा नम्रता भण्डारी सह-निर्माता तथा अर्जुन भुसाल कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्ममा राहुल राईको छायांकन, शम्भुजित बाँस्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी रहेको छ ।

कार्यक्रममा निर्मात्री जस्मिन श्रेष्ठले एउटा हलीको कथामा फिल्म बनेको जानकारी दिइन् । उनका अनुसार देशमा परिवर्तन ल्याउन एउटा हली नै काफी छ भन्ने सन्देश फिल्मले दिनेछ । उनले फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने बताएकी छन् ।