Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ दिनमा ‘द ब्लू लाइट’ प्याकअप

फिल्मीखबर, काठमाडौं, 2025/06/27

The Blue Light-1

 

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’को छायांकन सकिएको छ । बिहीबार अन्तिम दृश्य खिच्दै २५ दिनमा फिल्म प्याकअप भएको हो । गत जेठ २२ गतेबाट फिल्मको छायांकन सुरु गरिएको थियो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फिल्म खिचिएको हो । 

‘द ब्लू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका उनको यो डेब्यु फिल्म हो । उनले आफूले बनाउन खोजेको कुरा फिल्ममा उतार्न सफल भएको बताएका छन् । कलाकारहरुको कामले फिल्मको कथालाई जीवन्त बनाएको उनको भनाइ छ ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा तयार भएको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीसहित बाल कलाकारहरु ग्रिसमा कटुवाल र सहारा शर्मा लगायतको अभिनय छ । यसमा रमन ग्रे सह-निर्माता तथा नरेन्द्र मैनाली र बेनिशा हमाल कार्यकारी निर्मातामा रहेका छन् ।

फिल्मको छायांकन सकिएपछि बेनिशाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसमा निभाएको चरित्र सधैंभरि आफ्नो साथमा रहने बताएकी छन् । ‘यो त्यस्तो प्रकारको टोली हो, जुन हरेक कलाकार चाहन्छन् । सबैलाई थाहा थियो कि उनीहरू के गर्दैछन् । अनुशासन, समर्पण र जोश सबै ठीक ठाउँमा थियो । यो फिल्म र मैले खेल्न पाएको चरित्र, सधैंभरि मेरो साथमा रहनेछ ।’