Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभित बस्नेतको ‘पीआर’ टिजरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2025/06/26

movie pr

 

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक टिजरमा अष्ट्रेलियन पीआर लिन नेपालीहरूले गरेको संघर्ष, उनीहरूबाट परिवारले राख्ने अपेक्षा र अष्ट्रेलियामा गर्नुपर्ने दुःखलाई देखाइएको छ । प्रेम, बदला, धोका, र विछोडको मिश्रण रहेको टिजरको अन्तिम दृश्य मर्मस्पर्शी छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, गौरी मल्ल, दिक्पाल कार्की, रविन्द्र खड्का, उत्तम केसी, आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आश्मा अधिकारी, नवीन घायल, कुशल थापा, कृष्ण थापा, म्याक्स, गणेश बुढाथोकी लगायतको अभिनय रहेको छ । फिल्मको निर्माण प्रदीप दाहाल र लक्ष्मण सापकोटाले गरेका हुन् ।

रञ्जित शाह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको ‘पीआर’मा सौरभ लामाको डीओपी, सौरभ सायमीको सिनेमेटोग्राफी, गणेश बुढाथोकीको लेखन, मानस राज र भीम बिसीको संगीत, प्रमोद परियारको ब्याकग्राउन्ड स्कोर, राजेन्द्र मोक्तानको कलर तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

टिजर सार्वजनिक कार्यक्रममा निर्देशक बस्नेतले विदेश बस्ने नेपालीहरूको यथार्थ चित्रण फिल्ममा गरिएको बताए । उनले भने, ‘हामीले विदेश बस्नेहरूले ठूलठूला भवन र महँगा गाडीको अगाडि खिचेको सेल्फी देखेका होलाउँ, तर त्यहाँ उहाँहरूलाई के दुःख छ भनेर देखेका हुँदैनौं । मैले फिल्ममा विदेश बस्नेहरूको संघर्ष र नेपाल बस्ने परिवारले गर्नुपर्ने दायित्वलाई देखाउन खोजेको छु ।’