Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरजको निर्देशनमा ‘घोस्टेल’ बन्ने, निर्माणमा सरोज र सुयोगबीच सहकार्य

फिल्मीखबर, काठमाडौं, 2025/06/26

Ghostel

 

‘षडङ्ग’ फेम्ड निर्देशक सुरज सुनुवारको निर्देशनमा फिल्म ‘घोस्टेल’ निर्माण हुने भएको छ । बुधबार निर्माता कम्पनी अनन्या फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो । 

एउटा भवनलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा ‘ह्वेन हरर मिटस् हाहास्’ (जब त्रासले हाँसोलाई भेट्छ) लेखिएको छ । यसले फिल्म हरर-कमेडी कथावस्तुमा बन्न लागेको संकेत गर्छ । फिल्मलाई सन् २०२६ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । 

यो फिल्मलाई सरोज न्यौपाने र सुयोग गुरुङले निर्माण गर्नेछन् । फिल्मको कथा सुयोग स्वयंको हो । सरोज र सुयोगबीच यसअघि ‘जेरी अन टप’मा सहकार्य भइसकेको छ । यसलाई सुयोगले निर्देशन गरेका हुन् । उनी फिल्म ‘फर्की फर्की’का पनि निर्देशक हुन् ।

‘घोस्टेल’मा कलाकारको ‘लाइनअप’ तयार भइसकेको छैन । छायांकनमा जानभन्दा अगाडिसम्म सम्पूर्ण ‘कास्ट एण्ड क्रू’बारे जानकारी गराइने निर्माता सरोज न्यौपानेले बताए । उनका अनुसार तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।