Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ नेपालमा खिचिएको ‘आइस रोड २’को ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2025/06/24

Ice Road: Vengeance - Official Trailer - IGN

 

नेपालको कथावस्तुमा आधारित रहेर बनेको हलिउड फिल्म ‘आइस रोड २’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक साढे २ मिनेट लम्बाइको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । फिल्मका मुख्य पात्र माइक दिवंगत भाइको अस्तु विर्सजन गर्न नेपालको सगरमाथा क्षेत्रको यात्रामा निस्किँदा आइपर्ने विभिन्न अवरोधलाई ट्रेलरमा देखाइएको छ, जुन खतरनाक छ ।

अभिनेता लियाम नीसन भाईको अस्तु विर्सजन गर्न टूर गाइड (चिनियाँ अभिनेत्री फ्यानबिङबिङ)सँग सगरमाथा क्षेत्रको यात्रामा निस्किन्छन् । दुर्भाग्यले उनको यात्रा तब खराब हुन्छ, जब उनी सवार रहेको बसलाई एक क्रूर समूहले अपहरण गर्छ । यसपछि लियामले आफ्नो विशेष कौशलको प्रयोग गर्दै निर्दोष पर्यटक र हिमाली भेगको एउटा नेपाली गाउँलाई बचाएको ट्रेलरमा देखिन्छ ।

ट्रेलरमा काठमाडौंदेखि सगरमाथा क्षेत्रसम्मका दृश्य छन् । फिल्मको छायांकनका लागि अष्ट्रेलियाको वाल्हाला गाउँमा नेपालको हिमाली भेगको झल्को दिने गरि सेट नै तयार पारिएको थियो । केही प्रतिशत छायांकन भने नेपालमै गरिएको हो । यो फिल्म सन् २०२१ मा प्रदर्शन भएको ‘आइस रोड’को सिक्वेल हो । अघिल्लो श्रृंखला जहाँ टुंगिएको थियो, त्यहीँबाट सिक्वेलको कथा सुरु हुनेछ ।

जोनाथन हेन्सलेको लेखन तथा निर्देशन रहेको फिल्ममा लियाम र बिङबिङसहित अष्ट्रेलियन स्टार बर्नार्ड करी, ज्योफ मोरेल, ग्रेस ओसुलिवान, अमेलिया बिशप लगायतको पनि अभिनय छ । यही शुक्रबार (जुन २७ तारिख)बाट फिल्म अमेरिकामा प्रदर्शन हुँदैछ । विश्वव्यापी रिलिज भने अन्योल छ । अमेजन प्राइमले फिल्मको ओटीटी रिलिज अधिकार १७ मिलियन डलरमा किनिसकेको छ ।