Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खराब संगतले डुबेको हो गोविन्दाको करिअर ?

फिल्मीखबर, काठमाडौं, 2025/06/21

Govinda's career saw downfall due to superstitions and tardiness: Pahlaj  Nihalani - India Today

 

कुनै समय गोविन्दा बलिउडका ‘नम्बर वान’ हिरो थिए । उनलाई बक्स अफिसको ‘हिट मेसिन’ नै भनिन्थ्यो । आफ्नो करिअरमा एकसेएक सुपरहिट फिल्म दिएका उनलाई केही वर्षयता भने काम मिल्नै छाडेको छ । उनी फिल्ममा नदेखिएकै ६ वर्ष भइसकेको छ । फिल्म पाउन छाडेपछि अचेल उनी मेला-महोत्सवमा बढी हिँडिरहेका छन् । अहिले यही उनको आम्दानीको स्रोत बनेको छ ।

गोविन्दालाई लिएर ‘शोला और शबनम’ जस्ता फिल्म बनाएका निर्माता पहलाज निहलानीले हालै एक अन्तर्वार्तामा उनको करिअर डुब्नुको कारणबारे महत्त्वपूर्ण खुलासा गरेका छन् । उनका अनुसार खराब संगतका कारण गोविन्दाको करिअर पतन हुन पुगेको हो । पण्डित र ज्योतिषीमा बढी विश्वास गरेर त्यसअनुरुप चलेका कारण पनि उनको यो अवस्था आएको पहलाजको विश्लेषण छ ।

उनले भनेका छन्, ‘गोविन्दा अलराउन्डर थिए । उनले आफ्नो करिअर निकै राम्रोसँग सम्हाले । तर, उनले आफ्नो कमजोरीका कारण मानिसहरुलाई सजिलै भरोसा गर्ने भएकाले यस्तो हुन पुगेको हो । उनको आसपासको माहोल नै राम्रो थिएन । यसैले उनी भड्किरहे । पण्डित र ज्योतिषीमा उनी बढी विश्वास गर्छन् र त्यसकै संगतमा रहन्छन् । यसले नै उनको करिअर प्रभावित बनायो ।’

कुनै समय गोविन्दा र पहलाजबीच घनिष्ट सम्बन्ध थियो । तर, अहिले बोलचाल समेत बन्द छ । यसको पछाडि निर्देशक डेविड धवनलाई मुख्य कारण मान्छन्, पहलाज । उनी भन्छन्, ‘डेविडले गोविन्दसँग लगातार काम गरिरहेका थिए । उनले नै गोविन्दको दिमागमा मविरुद्ध विष भरिदिए । किनकि, उनलाई लाग्थ्यो मैले फिल्मबाट धेरै कमाए । जबकि मेरै फिल्मबाट उनको नाम भयो ।’