Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माग्ने राजा’ भदौ ६ मा, पोस्टरमा यस्तो छ ‘माग्ने बुढा’को गेटअप

फिल्मीखबर, काठमाडौं, 2025/06/20

magne raja

 

आगामी भदौ ६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सावजनिक गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रममा तीनवटा पोस्टरको घुम्टो उघारियो । उक्त कार्यक्रममा अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ फिल्मकै गेटअपमा उपस्थित भएका थिए । पोस्टरमा उनको गेटअप हेर्दा फिल्ममा उनको पात्र धनाड्य रहेको बुझ्न सकिन्छ ।

तीनमध्ये एक पोस्टरमा केदार कुर्सीमा पैसासहित रिसाहा मुद्रामा बसेका छन् । पहेँलो सर्ट र पाइट लगाएका उनको गलादेखि हातका औंलासम्म सुनै सुन देखिन्छ । उनको यही गेटअप अन्य दुई पोस्टरमा पनि छ । दोस्रो पोस्टरमा उनीसहित वर्षा सिवाकोटी र विल्सन विक्रम राई चित्रित छन् । वर्षाले सुटकेस बोकेकी छन् भने विल्सन दुई हातमा पैसा समातेर खुसी मुद्रामा देखिएका छन् । 

तेस्रो पोस्टरमा केदार र वर्षालाई पैसाको बन्डलसहित अचम्मित भावमा देख्न सकिन्छ । यो पोस्टर भने केही दिनपछि सार्वजनिक गरिने जनाइएको छ । तीनवटा पोस्टरले फिल्मको कथा पैसाको वरिपरि घुमेको संकेत गर्छ । निर्देशक ऋषि लामिछानेका अनुसार धनी बन्ने महत्त्वाकांक्षाको कथामा फिल्म बनेको हो । ‘माग्ने राजा’ले केदारको करिअरलाई अझ उचाइमा पुर्‍याउने उनको दाबी छ ।

दाङको घोराही उपमहानगरपालिका-४ का वडा अध्यक्ष समेत रहेका मुनाल घिमिरेको लगानीमा बनेको यो फिल्ममा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी) लगायतको पनि अभिनय छ भने विशेष भूमिकामा आर्यन सिग्देल छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन तथा दीपक शर्मा र बाबुल गिरीको गीतमा संगीत रहेको छ ।