Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ डेस्टिनेशन २’को गीतमा किरण र आयशाको ब्रेक डान्स

फिल्मीखबर, काठमाडौं, 2025/06/19

KIRAN SHRESTHA and AISHA TAMANG

 

सीमा गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक गरिएको छ । समीक्षा अधिकारी र ओम सुनारको युगल गायन रहेको गीतमा गायक सुनार स्वयंले संगीत दिएका छन् भने शब्द रचना मुना शाहको हो । गीतमा प्रेमिल भाव अभिव्यक्त छ । 

डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी आयशा तामाङ र किरण श्रेष्ठ नृत्य गर्दै देखिएका छन् । मुस्ताङ क्षेत्रमा छायांकन गरिएको भिडियोमा रोशनी थापा मगरको कोरियोग्राफी रहेको छ । 

फुलमुन मोसन फिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा किरण र आयशासहित कालु राणा, आकी थेक्पा, सुगन तन्दुकार, उज्जवल, सञ्जय थापा, सकल रेग्मी लगायतले अभिनय गरेका छन् । समाइरा तन्दुकार र शर्मिला लामा निर्माता रहेको फिल्ममा सुगन तन्दुकार कार्यकारी निर्मातामा छन् । यो हरर तथा थ्रिलर जनरामा बनेको फिल्म हो । 

फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । विदेशका विभिन्न फेस्टिभलमा फिल्म देखाएपछि मात्र स्वदेशमा प्रदर्शन गरिने निर्देशक सीमा गुरुङले बताइन् । फिल्ममा सञ्जय थापाको द्वन्द्व निर्देशन, रणधीर श्रेष्ठको छायांकन र बनिश शाहको सम्पादन छ ।