मिति : २०८२ आषाढ ३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिटामोल’को ‘झुम्का कानैमा’ गीतमा सौगात र बेनिशाको ठुम्का

फिल्मीखबर, काठमाडौं, 2025/06/16

Saugat Malla, Benisha Hamal

 

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर, बाबुल स्वयंको संगीत तथा गोविन्द भट्टको शब्द रचना छ । प्रेमिल भावना अभिव्यक्त भएको गीतमा गायन, शब्द र संगीतको संयोजन उत्कृष्ट छ ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमाल नृत्य गर्दै देखिएका छन् । उनीहरु पश्चिमेली पहिरनमा प्रस्तुत छन् । भिडियोमा प्रप्सको रुपमा प्रयोग गरिएको फूलको माला (सयपत्री) र पश्चिमेली पहिरनमा निर्माताले ठूलो खर्च गरेको देखिन्छ । त्यसले भिडियोलाई आकर्षक पनि बनाएको छ । 

गीत सार्वजनिक कार्यक्रममा निर्देशक राजबहादुर सानेले ‘सिटामोल’ले आफ्नो करिअर बदल्ने दाबी गरे । उनले भने, ‘यो हामीले एकदमै दुःखले बनाएको फिल्म हो । म दाबी गरेर भन्न सक्छु कि ‘सिटामोल’ले मेरो करिअर बदल्नेछ । मैले बनाएको अहिलेसम्मकै राम्रो फिल्म हो यो ।’ ‘सिटामोल’ले नेपाली समाजको यथार्थ कथालाई प्रस्तुत गरेको उनको भनाइ छ । 

निर्देशक साने र प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक,भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बाल कलाकारहरु करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय छ ।

सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । यसमा दिव्यराज सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन तथा देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

 

Most Visited News (monthly)