मिति : २०८२ आषाढ २, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रियाल रिङ्गेट’ टिजर : विदेशमा युवाहरूले भोग्नुपरेको यातनाको कथा

फिल्मीखबर, काठमाडौं, 2025/06/15

Nita Dhungana

 

वैदेशिक रोजगारीको कठोर यथार्थतामा आधारित रहेर बनेको फिल्म ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको २ मिनेटभन्दा लामो टिजरमा नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक विछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई देखाइएको छ ।

नेपालमा रोजगारीको समस्याले विदेशिन बाध्य युवाहरूको पीडा र परिवारसँगको वियोगलाई प्रमुख रूपमा प्रस्तुत गरिएको टिजरमा प्रवास पुगेपछि विभिन्न षड्यन्त्रमा परेर चरम यातना भोगिरहेका युवाहरूको मार्मिक दृश्यहरू पनि समेटिएको छ । यसले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा पाटोहरूलाई उजागर गर्छ । 

विभोर पोखरेलको निर्देशनमा तयार भएको फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतको अभिनय रहेको छ । फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

गगनलाल प्रधान निर्माता रहेको फिल्म रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा राजीव समरको कोरियोग्राफी छ । फिल्मका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर सुन्न सकिनेछ ।

 

Most Visited News (monthly)