मिति : २०८२ आषाढ २, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कन्नप्पा’ ट्रेलर : भगवान् शिव बने अक्षय कुमार, प्रभासको रुद्र अवतार

एजेन्सी, काठमाडौं, 2025/06/15

Kannappa release date: Vishnu Manchu, Prabhas, Mohanlal starrer  mythological film to release on THIS date

 

बलिउड र साउथका ठूला स्टारहरूको अभिनय रहेको फिल्म ‘कन्नप्पा’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । एउटा कट्टर नास्तिक कसरी भगवान् शिवको भक्त हुन्छ भन्ने कथामा फिल्म आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । आक्रमणकारीहरूबाट वायुलिंगलाई बचाउन नास्तिक पात्रले गरेको संघर्ष ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा अभिनेता अक्षय कुमारलाई भगवान् शिवको रुपमा देख्न सकिन्छ, जसले उनको पछिल्लो फिल्म ‘ओएमजी २’को याद ताजा गराउँछ । तमिल अभिनेत्री काजल अग्रवाल पार्वती (महादेवकी पत्नी)को भूमिकामा छिन् । ट्रेलरमा ‘बाहुबली’ स्टार प्रभास भने रुद्र बनेर देखिएका छन् । कट्टर नास्तिकलाई आफ्नो सबैभन्दा ठूलो भक्त बनाउन भगवान् शिवले रुद्रलाई पठाएको ट्रेलरमा देखिन्छ ।

मुकेश कुमार सिंहको निर्देशनमा तयार भएको ‘कन्नप्पा’मा अक्षय, प्रभास र काजलसहित विष्णु मान्चू, मोहन बाबू, मोहनलाल, ब्रह्मानन्दम, शरत कुमार, अर्पित रांका, सप्तगिरी, मुकेश ऋषि, मधुबाला, ऐश्वर्या भास्करन, ब्रह्माजी, देवराज लगायतको अभिनय छ । ट्रेलर हेर्दा फिल्मको कथा विष्णु मान्चूमा केन्द्रित रहेको देखिन्छ । उनी नै कट्टर नास्तिकबाट शिवको ठूलो भक्त बनेका छन् ।

हिन्दीसहित तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा तयार भएको फिल्मको निर्माण मोहन बाबूले गरेका हुन् । कलाकारको बलियो लाइनअपका कारण ‘कन्नप्पा’ले यस वर्षकै सबैभन्दा ठूलो कमाइ गर्न सक्ने अनुमान गरिएको छ । २ सय करोड भारुमा निर्माण भएको यो फिल्म यही जुन २७ तारिख अर्थात् असार १३ गतेदेखि प्रदर्शन हुँदैछ । नेपालमा भने यसको प्रदर्शन अन्योल छ ।

 

Most Visited News (monthly)