मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिरमिरे’मा दयाहाङको जोडी बन्दै सिर्जना

फिल्मीखबर, काठमाडौं, 2025/06/15

Srijana Ningleku

 

‘कार्साङ’ जोडी दयाहाङ राई र सिर्जना निङलेखु एकपटक फेरि सँगै पर्दामा देखिने भएका छन् । नयाँ फिल्म ‘मिरमिरे’मा उनीहरुको जोडी बाँधिन लागेको हो । आइतबार निर्माण कम्पनी यार्सा फिल्म्सले सिर्जनालाई फिल्मको मुख्यमध्ये एक भूमिकामा अनुबन्धित गरेको जनाएको छ । दयाहाङ भने एक महिनाअघि नै अनुबन्ध भइसकेका छन् । 

फिल्ममा अभिनेता प्रकाश सपूतको पनि मुख्य भूमिका रहनेछ । हालसम्मका कलाकार हेर्दा ‘मिरमिरे’मा बलियो लाइनअप देखिएको छ । अझै केही नाम चलेका कलाकारलाई फिल्ममा भित्र्याउने तयारीमा निर्माण पक्ष छ । ग्रामीण परिवेशको सामाजिक कथामा बन्न लागेको फिल्मलाई यम शेर्पाले निर्देशन गर्नेछन् । यसअघि उनले ‘कार्साङ’ निर्देशन गरेका थिए ।

निर्देशक शेर्पा स्वयंको लेखन रहेको फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता तथा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ सह-निर्मातामा छन् । रोहित कट्टेल कार्यकारी निर्माता रहेको ‘मिरमिरे’लाई यसै वर्ष रिलिज गरिनेछ ।

Most Visited News (monthly)