मिति : २०८२ आषाढ १, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ऊनको स्वीटर’लाई अभूतपूर्व सफलता : सबै गीत करोड क्लबमा

फिल्मीखबर, काठमाडौं, 2025/06/15

unko sweater

 

फिल्मलाई व्यावसायिक सफलता दिलाउन गीतसंगीतको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । गीतको लोकप्रियताको बलमा नेपाली फिल्मले सफलता हासिल गरेका कयैन् उदाहरण छन् । त्यसमध्ये एक हो, ‘ऊनको स्वीटर’ । गत बैशाख २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मका गीतहरु निकै चर्चित बने । त्यसको प्रभाव फिल्मको व्यापारमा पनि पर्‍यो । अन्ततः फिल्म नै सुपरहिट बन्यो ।

बक्स अफिसमा १० करोडमाथिको व्यापार गरिसकेको यो फिल्मले गीतमा एउटा अभूतपूर्व सफलता हासिल गरेको छ । फिल्मका सबै गीत (चारवटा)ले निःशुल्क डिजिटल प्लेटफर्म युट्युबमा १ करोड भ्यूज नघाएका छन् । कुनै पनि नेपाली फिल्मको सबै गीतले युट्युबमा एक करोड बढी भ्यूज प्राप्त गरेको यो पहिलोपटक हो । यसअर्थ ‘ऊनको स्वीटर’को गीति एल्बम नै सुपरहिट बनेको छ ।

हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले १ करोड भ्यूज कटाएपछि फिल्मका सबै गीत करोड क्लबमा पुगेका हुन् । यो समाचार तयार पार्दासम्म युट्युबमा ‘फूलहरू मुस्काउँछन्’ले २ करोड १० लाख (२१ मिलियन), ‘मखमली’ले १ करोड ३० लाख (१३ मिलियन), ‘काफ्ले’ले १ करोड ३० लाख (१३ मिलियन) र ‘चाइनेजो जिन्दगानीमा’ले १ करोड (१० मिलियन) भ्यूज पाएको देखिन्छ ।

चारवटै गीतको सफलतापछि निर्माता कम्पनी आर्टमाण्डुले दर्शकप्रति कृतज्ञता व्यक्त गरेको छ । यसले आगामी दिनका लागि सकारात्मक दबाब र चुनौती थपिएको कम्पनीले जनाएको छ । फिल्मका निर्देशक नवीन चौहानले भविष्यमा यस्तै मिहिनेतका साथ अझ उत्कृष्ट फिल्महरू बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘ऊनको स्वीटर’ले अबको १२ दिनमा प्रदर्शनको ५१औं पूरा गर्दैछ ।

काफ्ले र गुरुङसेनीबीचको प्रेमकथामा आधारित यो फिल्ममा विपिन कार्की र मिरुना मगरको जोडी बाँधिएको छ । यसमा एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, भावना खपाङ्गी, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतको पनि अभिनय छ । चिन्तनराज भण्डारीको छायांकन रहेको यो फिल्मको स्क्रिप्ट निर्देशक चौहान र सुरज कटुवालले मिलेर लेखेका हुन् ।

Most Visited News (monthly)