Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पललक्षित निर्देशक सेनको टिप्पणी : ‘समर्पित भएर मेहनत गर्ने कलाकार चाहिन्छ’

फिल्मीखबर, काठमाडौं, 2025/06/13

Parichchhed Sen

 

बिहीबार नेपाली फिल्म क्षेत्रमा एउटा नौलो परिदृश्य देखियो । त्यो के भने फिल्म ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट र अभिनेता पल शाहबीच लिखित रुपमा भएको सम्झौता अन्त्यको घोषणा । सहमति पत्रमा अब एकअर्कालाई नोक्सानी हुने कार्य दुवै पक्षले नगर्ने भनिएको छ । सहकार्य तोड्दा निर्माता र कलाकारबीच लिखित सहमति भएको फिल्म क्षेत्रमा यो नै पहिलो पटक हो ।

‘महाराजधिराज’बाट अलग भएपछि पलले फेसबुक पोस्टमार्फत् यो फिल्म छाड्नुको कारण आफ्नो निर्माणमा बन्न लागेको फिल्म ‘यानीमाया’लाई देखाएका छन् । तर, उनले फिल्मलाई समय नदिएपछि निर्माताले नै सम्झौता अन्त्य गरेको चर्चा छ । यसको संकेत निर्देशक परिच्छेद सेन स्वयंले गरेका छन् । शुक्रबार उनले फेसबुकमा लेखेको पोस्टले पल फिल्मप्रति समर्पित नभएको बुझाउँछ ।

उनी लेख्छन्, ‘हरेक कलाकारमा प्रतिभा हुन्छ, र जो कोही कलाकारले राम्रो काम गर्न सक्छन् । तर, हामीलाई ‘जो कोही’ चाहिँदैन । हामीलाई त्यी अनुपम कलाकार चाहिन्छ, जसले आफ्नो विशिष्ट सीप र कलालाई पूर्ण रुपमा सदुपयोग गरेर योगदान दिन सकून् । आफ्ना सबै काम भ्याएर फुर्सदमा होइन, बरु ती सबै काम छोडेर फिल्मका लागि पूर्ण रुपमा समर्पित भएर मेहनत गर्न सकून् ।’

 

Parichchhed Sen 2


निर्देशक सेनको भनाइको अर्थ हो – कलाकार भएपछि फिल्मका लागि पूर्ण रुपमा समर्पित भएर मेहनत गर्नुपर्छ । उनको उक्त फेसबुक पोस्ट पलप्रति लक्षित रहेको बुझ्न गाह्रो पर्दैन । यसैले हुनसक्छ, उनको पोस्टको कमेन्टमा पलका प्रशंसकहरुले ‘समयमा सुटिङ गर्नुपर्‍यो नि’ भन्दै आक्रोश पोखेका छन् । हुन पनि ‘महाराजधिराज’को छायांकन निर्धारित समयमा हुन सकेको यथार्थ हो ।