Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सहकारी ठगीको कथामा बनेको ‘महाभोज’ हलमा

फिल्मीखबर, काठमाडौं, 2025/06/13

अन्तिम समयमा आएर किन स्थगित भयो 'महाभोज' को प्रदर्शन? :: सेतोपाटी कला ::  Setopati

 

यतिबेला देशलाई नै टाउको दुखाई बनेको विषय हो, सहकारी ठगी । सहकारीको पैसा त्यसका सञ्चालक वा अन्य व्यक्तिले व्यक्तिगत स्वार्थमा प्रयोग गर्दा हजारौं बचतकर्ताको उठिबास लागेको छ । तर, राज्य यो समस्या समाधान गर्न गम्भीर देखिएको छैन । यसैले सहकारी ठगीको विषयमाथि फिल्म नै बनेको छ । त्यो हो, ‘महाभोज’ । शुक्रबारबाट यो फिल्म प्रदर्शनमा आएको छ ।

सहकारीको पैसा कसरी अपचलन हुन्छ र त्यसले बचतकर्ताहरूमा कुन हदसम्म प्रभाव पार्छ भन्ने कथामा आधारित रहेर बनेको फिल्मले प्रदर्शनपूर्व काठमाडौं, पोखरा, बुटवल, विराटनगर र धरानमा गरिएको प्रिभ्यू शोमा सुखद् प्रतिक्रिया पाएको थियो । जहाँ सयौं सहकारी पीडितहरूले समेत फिल्म हेरेका थिए । उनीहरूले ‘महाभोज’ले देशमा ठूलो विद्रोह जन्माउन सक्ने बताएका छन् ।

देशभर डेढ सय बढी शोज पाएको फिल्ममा कलाकारको लाइनअप बलियो छ । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने जस्ता दर्शकमाझ चिनिएका कलाकार भएकाले बक्स अफिसमा फिल्मले सुखद् व्यापार गर्ने अपेक्षा गरिएको छ । तर, फिल्मको बुकिङ र बिहानी शोजमा अकुपेन्सी अपेक्षित देखिएको छैन । यो अवस्थामा फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’ मिल्न जरुरी छ ।

दिनेश राउतको निर्देशन तथा हिमाल कडरियाको निर्माण रहेको फिल्ममा अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, देशभक्त खनाल, वसुन्धरा भुसाल लगायतको पनि अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त विशेष भूमिकामा छिन् । यसमा विकास सुवेदीको लेखन रहेको छ । उनले यसअघि ‘प्रकाश’ र ‘पूजार सार्की’ फिल्म लेखेका थिए ।