मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फरदीन खानको ट्रान्सफर्मेशन : कसरी भए १०३ बाट ७८ केजी ?

एजेन्सी, काठमाडौं, 2025/06/12

Fardeen Khan opens up about getting brutally trolled for his weight gain:  'It was a good introduction to the social media age that we live in' |  Hindi Movie News - Times

 

बलिउडका धेरैजसो कलाकारहरु अक्सर ‘ट्रान्सफर्मेशन’का कारण चर्चामा रहन्छन् । कोही फिट देखिन तौल घटाउँछन् त कसैले फिल्मको पात्रमा ढल्नका लागि तौल बढाउने गरेका छन् । फिट देखिन तौल घटाउनेमा अभिनेता फरदीन खान पनि पर्छन् । लामो समय फिल्मबाट टाढा रहँदा उनको तौल अस्वभाविक रूपमा बढेको थियो । सन् २०१६ तिर त उनी १०३ केजीसम्म भएका थिए ।

कुनै समय चकलेटी ब्वाईको छवि बनाएका फरदीनको अत्याधिक तौल बढेको देख्दा धेरै अचम्ममा परेका थिए । फिल्ममा काम पाउन छाडेपछि डिप्रेसनको शिकारले उनको तौल बढेको हुनसक्ने टिप्पणी समेत भयो । तर, सन् २०२० मा सुगठित शरीरसहित उनी एक सार्वजनिक कार्यक्रममा देखिएपछि बलिउड नै आश्चर्यमा पर्‍यो । उनको ‘ट्रान्सफर्मेशन’ कुनै चमत्कार भन्दा कम थिएन ।

फरदीनले पुनः अभिनयमा सक्रिय हुने सोच बनाएपछि केही महिनामै २५ किलो तौल घटाएका थिए । उमेरले ५१ वर्ष भइसकेका उनी अहिले ७८ केजीका छन् । उनले आफूलाई ट्रयाकमा ल्याउन सबैभन्दा पहिला मदिरा छाडेका थिए । त्यसअघि उनी दैनिक मदिरा पिउने गर्थे । यो बानी छुटाउन उनले चिकित्सकको पनि सल्लाह लिए । उनको तौल घट्नुमा यो एउटा प्रमुख कारण बन्यो ।

फरदीनले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘मैले निकै कम उमेरमा मदिरा पिउन थालेको थिएँ । र, एक समय यस्तो आयो कि मैले आफूलाई ६० वर्षको महसुस गर्न थालेँ । बीचमा म परिवारसँग लण्डन सिफ्ट भएँ । त्यहाँ मेरो लाइफस्टाइल पूरै बदलियो र तौल पनि बढ्यो ।’ उनले सन् २०२४ मा रिलिज भएको वेब सिरिज ‘हिरामण्डी’बाट १४ वर्षपछि अभिनयमा पुनरागमन गरेका थिए ।