मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सय दिनको संघारमा ‘अञ्जिला’, क्यूएफएक्सले एक सयमा देखाउँदै

फिल्मीखबर, काठमाडौं, 2025/06/12

anjila

 

गत वर्षको सुपरहिट फिल्ममा दर्ज भएको ‘अञ्जिला’ले आगामी बिहीबार अर्को एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दैछ । त्यो हो, प्रदर्शनको एक सय दिन । ४५ शोसहित गत बैशाख १९ गते ५१औं दिन मनाएको फिल्मले आगामी असार ५ गते प्रदर्शनको सय दिने यात्रा पूरा गर्न लागेको हो । यो फिल्म यतिबेला सामाखुसीस्थित सिटी स्क्वायर मलमा रहेको क्यूएफएक्स हलमा प्रदर्शनरत छ ।

प्रदर्शनको एक सय दिन पुग्न एक साता बाँकी रहँदा क्यूएफएक्स चेनले निर्मातासँगको सहमतिमा ‘अञ्जिला’लाई एक सय रुपैयाँमा देखाउने निर्णय गरेको छ । बुधबार क्यूएफएक्सले फेसबुक र इन्स्टाग्राममा एक पोस्ट गर्दै जुन १२ (बिहीबार)बाट यो अफर लागू हुने जनाएको छ । टिकटको मुल्य आधाभन्दा धेरै घटाइएपछि फिल्मको बिहीबार २ बजेको शो लगभग हाउसफुल भइसकेको छ ।

‘अञ्जिला’ले प्रदर्शनको ५१औं दिन मनाउँदै गर्दा साढे ८ करोडमाथि व्यापार गरेको थियो । एक सय दिन मनाउँदासम्म फिल्मले १० करोडको आँकडा नघाउन सक्ने देखिन्छ । प्रदर्शनको तीन साता फिल्मले आक्रामक कमाइ गरेको थियो । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित भएर बनेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

यसैबीच, बुधबार प्रदर्शनको ९०औँ दिनमा पूर्वमन्त्री सुदन किराँतीले ‘अञ्जिला’ हेरेका थिए । उनले दुःखलाग्दो घटनाको प्रेरणादायी कथा रहेको बताउँदै सञ्चारकर्मीसँग भने, ‘पूर्वी पहाडी भेगको किराँती समाजको यो कथा पर्दामा हेरिरहँदा म आफैंलाई हेरिरहेँ, नदेखिकन पटकपटक देखिरहेँ । आँखा बन्द गरिरहेँ तर आँसु झरिरह्यो ।’ फिल्मले युवापुस्तालाई प्रेरणा दिने किराँतीको भनाइ छ ।