मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राम नाम सत्य’मा विराजको जोडी हुन् सुपुष्पा ?

फिल्मीखबर, काठमाडौं, 2025/06/11

supuspa bhatta

 

कोरियोग्राफर माइकल चन्दको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा कलाकार अनुबन्ध हुने श्रृंखला जारी छ । अभिनेता द्वय विराज भट्ट र सुशील श्रेष्ठसहित अभिनेत्री दिव्या रायमाझीको प्रवेश भइसकेको फिल्ममा अब अर्की अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । बुधबार निर्माताले उनीसँग लिखित सम्झौता गरेका हुन् ।

सुपुष्पालाई एक महत्त्वपूर्ण भूमिकामा अनुबन्ध गरिएको निर्देशक चन्दले जानकारी दिए । उनले भने, ‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी अभिनेत्री चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाको पात्रमा फिट भएपछि उहाँलाई अनुबन्ध गरेका हौं ।’

निर्माण पक्षले फिल्ममा सुपुष्पा कसको जोडी बनेर देखिनेछिन् भन्नेबारे केही खुलाएको छैन । तर, धेरैले उनको जोडी विराजसँग बाँधिन सक्ने अनुमान गरेका छन् । किनकि, विराजसँग उनको हाइट (उचाइ) मिल्छ । उमेर अन्तर धेरै भए पनि दुवैको समान हाइटका कारण जोडी सुहाउन सक्ने आँकलन गरिएको छ । 

उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहने फिल्मका कार्यकारी निर्माताहरु डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन आगामी भदौबाट सुरु गर्ने तयारी गरिएको छ । एक्सन, लभ र सस्पेन्स कथामा बन्ने फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन् ।  अब केही कलाकार फाइनल भएपछि लाइनअप पूरा हुने निर्माण पक्षले बताएको छ ।