मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाभोज’को बुकिङ खुला, कस्तो होला ओपनिङ ?

फिल्मीखबर, काठमाडौं, 2025/06/11

mahabhoj

 

सहकारी ठगी प्रकरणको कथामा आधारित फिल्म ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ । मंगलबार अपराह्नबाट देशभरका प्रायः हलले शो तालिका सार्वजनिक गर्दै टिकट बिक्री थालेका हुन् । फिल्मको चर्चा र स्टारकास्टको हिसाबमा फिल्मले अपेक्षित शो भने पाउन सकेको छैन । बुधबार दिउँसो ४ बजेसम्म फिल्मले देशव्यापी ६० माथि शो पाएको ‘खल्ती एप’मा देखिन्छ ।

देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ९ वटा सहरका हलमा कुल ३४ शो उपलब्ध गराएको छ । त्यस्तै, काठमाडौं उपत्यकाका वान् सिनेमाजले नयाँ बानेश्वर र कालिमाटी हलमा गरी ६ शो, कीर्तिपुर सिनेप्लेक्सले २ शो, सिडिसी र एफक्युबले समान ३/३ शो बाँडेका छन् । अझै धेरै हलमा शो खुल्न बाँकी नै रहेकाले फिल्मले शुक्रबार डेढ सयसम्म शो पाउन सक्ने देखिन्छ ।

‘महाभोज’मा कलाकारको ‘लाइनअप’ बलियो रहेकाले फिल्मले सुखद् ओपनिङ गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक भविष्य भने ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । यो फिल्मको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यू प्रिमियर भइसकेको छ । गत जेठ १३ गते काठमाडौंमा भएको प्रिभ्यू शोमा फिल्म हेरेपछि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ‘महाभोज’ हिट हुने ठोकुवा नै गरेका थिए ।

दिनेश राउतले निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा अभिनेत्री सुरक्षा पन्त पनि छिन् । यो फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । यसमा विकास सुवेदीको स्क्रिप्ट लेखन छ ।