मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सगरमाथापछि दीयाले चढिन् युरोपको सबैभन्दा अग्लो हिमाल

फिल्मीखबर, काठमाडौं, 2025/06/11

deeya pun

 

हिमाल आरोहणकी सौखिन अभिनेत्री दीया पुनले विश्वकै अग्लो शिखर सगरमाथा चढेको दुई वर्षपछि रुस र युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको पनि सफलतापूर्वक आरोहण गरेकी छन् । उनी नेपाली समयअनुसार मंगलबार बिहान ११ बजे समुन्द्री सतहदेखि ५,६४२ मिटरको उचाइमा रहेको उक्त हिमालको चुचुरोमा पुगेकी हुन् । त्यहाँ उनले नेपालको झन्डा फहराइन् ।

सगरमाथा र एल्ब्रसभन्दा अघि दीयाले अफ्रिका महादेशको सबैभन्दा अग्लो हिमाल किलिमन्जरो (५,८९५ मिटर), दक्षिण अमेरिका महादेशको अकोनकागा हिमाल (६,९६१ मिटर) र नेपालकै मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरिसकेकी छन् । अब उनी उत्तर अमेरिकाको डिनाली, अन्टार्कटिकाको भिन्सोन मासिफ र इण्डोनेसियाको पुंकाक जय हिमाल आरोहण गर्ने तयारीमा छिन् ।

बेलायतमा बस्दै आएकी दीया पेशाले नर्स समेत हुन् । उनले जागिरको कमाइ र फिल्मबाट पाउने पारिश्रमिक बचत गरेर हिमाल आरोहण गर्दै आइरहेकी छन् । ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी उनले ‘मिस्टर झोले’, ‘दयारानी’, ‘अन्तिम संस्कार’ जस्ता फिल्ममा काम गरिसकेकी छन् । दीयाको नयाँ फिल्म ‘एक्लो’ प्रदर्शन हुन बाँकी छ । यसमा उनी अन्तरीक्षयात्री बनेकी छन् ।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Deeya Pun (@deeyapun)