मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मोहर’मा देउकी प्रथाको कथा, यस्तो बन्यो टिजर

फिल्मीखबर, काठमाडौं, 2025/06/10

 Paul Shah, Benisha Hamal, Niti Shah

 

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । डेढ मिनेट लम्बाईको टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । बाइसे राज्यको समयमा प्रचलित देउकी प्रथा (मन्दिरमा देवी देवताको सेवा गर्न कन्या चढाउने प्रचलन)मा आधारित भएर फिल्म बनेको टिजरले खुलासा गर्छ ।

सार्वजनिक टिजरमा अभिनेता पल शाहलाई दोहोरो अवतार देख्न सकिन्छ । उनी लामो र छोटो कपालमा देखिएका छन् । कपाल लामो भएको गेटअपमा पलको कथा अभिनेत्री बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । उनी देउकी चढाउन लागेकी बच्चीलाई बचाउन खलपात्रसँग लडिरहेका छन् । अर्कोमा भने उनी अभिनेत्री नीति शाहसँग प्रेमिल भावमा प्रस्तुत छन् ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल, बेनिशा र नीतिसहित अर्जुन जंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा लगायतको अभिनय रहेको छ । फिल्मका निर्माता चुम्बन जंग शही हुन् ।

फिल्ममा दिपेन बस्न्यातको डीओपी, भुपेन्द्र अधिकारीको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स तथा सत्यम रानाको सीजीआई छ । फिल्मको टिजर साहिल खानले तयार पारेका हुन् । ‘मोहर’लाई नलेखिएको नियमको कथा भनिएको छ ।