मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाभोज’को पोखरा प्रिमियर : फिल्मले विद्रोह जन्माउन सक्ने प्रतिक्रिया

फिल्मीखबर, काठमाडौं, 2025/06/10

mahabhoj (1)

 

यही शुक्रबार (जेठ ३० गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को काठमाडौंपछि तालनगरी पोखरामा प्रिभ्यू प्रिमियर गरिएको छ । सोमबार पोखरा सिनेप्लेक्समा आयोजित प्रिमियरमा फिल्मका निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ लगायतको उपस्थिति थियो ।

प्रिमियरमा पोखरा महानगरका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मासहित केही सहकारी पीडितहरूले फिल्म हेरेका थिए । फिल्म हेरिसकेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे । सहकारी पीडितहरूले भने आक्रोशपूर्ण स्वरमा फिल्मले विगतमा ‘आगो’ फिल्मले जस्तै विद्रोह जन्माउन सक्ने बताए ।

‘महाभोज’ सहकारी ठगी प्रकरणको कथामा बनेका कारण कतिपयले यसलाई हाल यही प्रकृतिको मुद्धामा कारागारमा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको प्रहारको रुपमा समेत लिएका छन् । तर, पोखरा प्रिमियरमा उपस्थित भएका कास्की जिल्लाका एकजना युवा रास्वपा नेताले पार्टी सभापतिप्रति फिल्मले कुनै प्रहार नगरेको धारणा व्यक्त गरे ।

उनले भने, ‘सहकारी अहिले देशको जल्दोबल्दो विषय हो । तर, फिल्मले पार्टी सभापतिलाई घोचेको छ भन्ने चाहिँ मलाई लाग्दैन । त्यो हिसाबले म हेर्दिनँ । म कुन दृष्टिकोणबाट चाहिँ हेर्छु भने जति पनि अप्ठ्यारोमा परेका सहकारीहरु छन्, त्यहाँ एक व्यक्ति हाबी भएर समस्या उत्पन्न भएको हो । फिल्मले पनि एउटा टाउकोले गर्दा कर्मचारी र अन्य व्यक्तिहरु अप्ठ्यारोमा परेको देखाएको छ ।’

 

mahabhoj (2)


पोखरापछि अब ‘महाभोज’को बुटवल, विराटनगर र धरानमा पनि प्रिमियर आयोजना गर्ने तयारीमा निर्माण पक्ष छ । यो फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मको मंगलबारबाट अग्रिम टिकट बिक्री खुला भइसकेको छ ।