मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्लो’मा सुनिल थापा ‘यम राजा’

फिल्मीखबर, काठमाडौं, 2025/06/09

eklo movie

 

प्रदर्शन मिति घोषणा नहुँदै फिल्म ‘एक्लो’का मुख्य कलाकारहरूको श्रृंखलाबद्ध रुपमा क्यारेक्टर लुक्स सार्वजनिक भइरहेको छ । प्रदीप खड्का, विजय लामा, दीया पुन, बनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी र जेमी बेकन (बेलायती अभिनेता)पछि सोमबार सुनिल थापा र एवन राज उप्रेतीको लुक्स पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनीहरूको गेटअप पृथक देखिन्छ । 

सुनिल थापालाई राजा यमको रूपमा चिनाइएको छ । सिंहासनमा बसेका उनले गलामा रुद्राक्षको माला र शिरमा दुईवटा सिङ भएको मुकुट लगाएका छन् । मुकुटमा आगो बलेको देखिन्छ । अर्को पोस्टरमा एवन राजलाई बारास्टिर पात्रको रुपमा चिनाइएको छ । उनी क्रोधित मुद्रामा देखिएका छन् । उनको गेटअप हेर्दा फिल्ममा उनी नकारात्मक भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको फिल्मलाई प्रदीप शाहीले लेखन तथा निर्देशन गरेका हुन् । उनको यो तेश्रो निर्देशकीय फिल्म हो । हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । केही हप्ताअघि ‘एक्लो’का निर्माताले विश्व प्रतिष्ठित ‘कान्स फेस्टिभल’मा स्टल राखेर फिल्मको मार्केटिङ गरेका थिए । त्यसका लागि ५० लाखभन्दा बढी खर्च गरिएको थियो ।

‘एक्लो’का निर्माताहरू राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन हुन् भने कार्यकारी निर्मातामा विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । बाबु श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन तथा सन्तोष लामाको कला निर्देशन छ । फिल्मलाई यही वर्षको अन्त्यसम्म प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।