मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सोल्टिनी’को ‘सत्य जुगैको’ गीतमा प्रकाश र परीक्षाको मारुनी नाच

फिल्मीखबर, काठमाडौं, 2025/06/09

 Prakash Saput, Parikshya Limbu

 

आगामी असोज ३ गते (संविधान दिवस)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक गरिएको छ । मारूनी भाकाको गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर तथा गायक सिवाकोटी स्वयंको संगीत र शब्द रचना छ । यो गायिका अधिकारीले गाएको पहिलो मारूनी गीत हो ।

भोजपुरमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूसँगै कलाकारहरु सुन्दर धिताल र सब्बु गुरुङ नृत्य गर्दै देखिएका छन् । मेलामा भेट भएका सोल्टी-सोल्टीनीबीचको प्रेमलाई भिडियोमा उतारिएको छ । प्रकाशको जोडीको रुपमा परीक्षा प्रस्तुत छिन् । भिडियोका कोरियोग्राफी मौसम हिमाली हुन् । 

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको फिल्ममा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको पनि अभिनय रहेको  छ । अर्जुन सुवेदी र कुमार भट्टराईको लेखन रहेको फिल्मले जातीय भेदभावका विरुद्ध आवाज उठाउँदै दुई प्रमुख पात्रको प्रेमकथा प्रस्तुत गर्ने जनाइएको छ ।

फिल्मका गीतहरूमा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायांकन सुशन प्रजापतिको रहेको छ । प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।