मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १ मा पुग्यो ‘कल्ली’, यस्तो बन्यो पोस्टर

फिल्मीखबर, काठमाडौं, 2025/06/08

kalli poster

 

लक्ष्मण सुनारको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘कल्ली’को एकपटक फेरि प्रदर्शन मिति हेरफेर भएको छ । फिल्मको घोषणा हुँदा गत वर्षको चैत २९ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, छायांकनमा जान ढिलाइ भएपछि आगामी कात्तिक २१ गतेलाई नयाँ प्रदर्शन मिति तय गरियो । अब उक्त मितिबाट फिल्मलाई तीन महिना पछाडि सार्दै फागुन १ गते पुर्‍याइएको छ ।

नयाँ प्रदर्शन मितिसहित आइतबार फिल्मको दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका ६ जना मुख्य कलाकारलाई पात्र लुक्समा प्रस्तुत गरिएको पोस्टर हेर्दा ‘कल्ली’ पौराणिक कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ । एक पोस्टरमा सौगातले रगत लागेको भालाले कसैमाथि आक्रमण गर्न खोजेको देखिन्छ । क्रुद्ध मुद्धामा देखिएका उनको पृष्ठभूमिमा पाटे बाघको दृश्य छ ।

दोस्रो पोस्टरमा भने सौगात विल्कुलै फरक रुप देखिएका छन् । शिरमा फेटा बाँधेका उनको गलामा विभिन्नथरी माला झुन्डिएका छन् । महिलाले जसरी नाकमा बुलाकी र निधारमा रातो टीका लगाएका उनी जिब्रो निकालेर अनौठो हाउभाउमा प्रस्तुत भएका छन् । सार्वजनिक दुई पोस्टरमा सौगातलाई जुन रूपमा देखिएको छ, त्यसले फिल्ममा उनको चरित्र प्रभावशाली रहेको दर्शाउँछ ।

दोस्रो पोस्टरमा सौगातसँगै बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारती पनि चित्रित छन् । बेनिशा कर्णाली भेगकी महिलाको रूपमा देखिएकी छन् । उनको अनुहारमा पीडाभाव देखिन्छ । उत्तम बन्दुक ताकेको अवस्थामा प्रस्तुत छन् । नाजिर र अर्पणलाई गम्भीर भावमा देख्न सकिन्छ । दुई पोस्टरले फिल्ममा पात्रहरुको चरित्रचित्रण बलियो रहेको संकेत गर्छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ लगायतको पनि अभिनय देख्न पाइनेछ । निसाल पौडेलको छायांकन रहेको फिल्ममा महेश दवाडीको लेखन छ । मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिति भोग्छ भन्ने कथामा फिल्म आधारित रहेको जनाइएको छ ।