मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झापाबाट ‘परिवर्तन’को छायांकन सुरु, बाँधियो सुशील र अञ्जनाको जोडी

फिल्मीखबर, काठमाडौं, 2025/06/07

Sushil Shrestha and Anjana Baraili_PARIWARTAN Shubha Muhurt

 

अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो पटक सहकार्य गरेको फिल्म ‘परिवर्तन’को छायांकन सुरु भएको छ । शनिबार झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चना गर्दै फिल्मको छायांकन थालिएको हो । मुहूर्त समारोहमा सुशील र अञ्जनाले पहिलो सट दिएका थिए । ४० दिनका सेड्युलमा फिल्मको झापा, विराटनगर र इलाममा छायांकन गरिनेछ ।  

विजय केरुङको निर्देशनमा बन्न लागेको फिल्ममा सुशील र अञ्जनासहित सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेल लगायतको अभिनय रहनेछ । दीपक सिवाकोटी निर्माता रहेको फिल्ममा उनी स्वयंको कथा लेखन छ भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो ।

 

PARIWARTAN Shubha Muhurt


फिल्ममा छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले र पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । फिल्मले नेपालको सीमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो, र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई उजागर गर्ने बताइएको छ ।