मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’को पोस्टरमा यस्ता देखिए सौगात

फिल्मीखबर, काठमाडौं, 2025/06/07

Saugat 2

 

आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’का मुख्य अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक दुई पोस्टरमा उनी सशक्त र रहस्यमय अवतारमा देखिएका छन् । उनको शरीर बलिष्ठ देखिन्छ भने दाह्री र कपाल लामो छ । दुवै पोस्टरमा उनको अनुहारमा रिसको आवेग देख्न सकिन्छ ।

एक पोस्टरमा सौगातको एउटा आँखा कालो रङको छ । गाढा रङको वस्त्र धारण गरेका उनले हातमा एउटा बलिरहेको राँको बोकेका छन् । र, पृष्ठभूमिमा राँको र धारिलो हतियार बोकेका मानिसहरु देखिन्छन् । अर्को पोस्टरमा भने उनी हातमा हतियार बोकेर एक्सन अवतारमा देखिएका छन् । यी दुई पोस्टरले फिल्मको कथावस्तु द्वन्द्वात्मक रहेको जनाउँछ ।

निर्देशक सन्तोष सेनले ‘बलिदान’मा अभिनेता मल्लको बिल्कुलै फरक अवतार रहेको बताएका छन् । उनी भन्छन्, ‘फिल्ममा उहाँले बोक्नुभएको यो चरित्र उहाँको अभिनय यात्राको सबैभन्दा गहिरो, सबैभन्दा रहस्यमय, र सबैभन्दा जीवन्त पीडा र प्रतिकारको रूप हो ।’ उनका अनुसार फिल्ममा सौगात रुद्र पात्रको भूमिकामा छन् ।

 

saugat malla


यसअघि फिल्मका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनमा प्रि-टिजर सार्वजनिक गरिएको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र एक्सन दृश्यसहित देखिएका थिए । सौगात र समीरसहित अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्मातामा छन् ।