मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदर्शनमा उत्रियो ‘जन्ते बाख्रो’, चुनौती ‘हाउसफुल ५’

फिल्मीखबर, काठमाडौं, 2025/06/06

jante bakharo

 

गत बैशाख अन्तिममा रिलिज भएको ‘ऊनको स्वीटर’पछि नेपाली फिल्मको व्यापार सुस्ताएको छ । दुई ठूला फिल्म ‘के घर के डेरा २’ र ‘नरसिंहा अवतार’ले समेत अपेक्षित व्यापार गर्न नसकेपछि अब धेरैको आशा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’प्रति छ । बलियो स्टारकास्ट र गीत-संगीतको चर्चाका कारण फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

तर, यो फिल्मलाई बक्स अफिसमा ठूलो चुनौती छ । किनकि, शुक्रबारबाटै बलिउडको कमेडी फ्रेन्चाइज फिल्म ‘हाउसफुल’को पाँचौं श्रृंखला भारतसहित नेपालमा प्रदर्शनमा आएको छ । यो फ्रेन्चाइज फिल्मको नेपालमा राम्रो क्रेज रहेकाले ‘जन्ते बाख्रो’लाई ठूलो असर गर्न सक्ने आँकलन गरिएको छ । तथापि, दर्शकीय प्रतिक्रिया राम्रो प्राप्त भए फिल्मले व्यापारिक छलाङ मार्न सक्नेछ ।

‘जन्ते बाख्रो’लाई देशभरका हलमा राम्रो शो मिलेको छ । फिल्मलाई देशव्यापी डेढ सय बढी शो प्राप्त छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र कुल ३७ शो दिएको छ । तर, फिल्मले राम्रो शो पाएको भए पनि अग्रिम टिकट बुकिङको अवस्था कमजोर देखिन्छ । बिहानी शोमा अकुपेन्सी पनि सुखद् छैन । यो अवस्थामा फिल्मको एउटै सहारा ‘वर्ड अफ माउथ’ हो ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको ‘जन्ते बाख्रो’मा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, कुसुम शर्मा लगायतको अभिनय छ । सन्तोष गौतमको निर्माण रहेको फिल्मका लेखक प्रदीप भारद्वाज हुन् । गत बुधबार काठमाडौंमा भएको प्रिमियरमा फिल्मले सुखद् प्रतिक्रिया पाएको थियो ।