मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मोहर’को नयाँ पोस्टरः पलको अंगालोमा बेनिशा र नीति

फिल्मीखबर, काठमाडौं, 2025/06/05

Mohar 4_8

 

आगामी साउन २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मोहर’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको नयाँ पोस्टरले दर्शकमाझ कौतुहलता जगाउन सक्ने देखिन्छ । किनकि, पोस्टरमा अभिनेता पल शाह दुई फरक गेटअपमा प्रस्तुत छन् । एउटामा उनलाई छोटो कपाल र अर्कोमा लामो कपालसहित देख्न सकिन्छ ।

लामो कपाल पालेको गेटअपमा उनको अंगालोमा अभिनेत्री बेनिशा हमाल छिन् । दुवै भावुक मुद्रामा देखिएका छन् । कपाल छोटो भएको गेटअपमा भने पलको अंगालोमा अर्की अभिनेत्री नीति शाह बाँधिएकी छन् । यसमा उनीहरु निराश भावमा चित्रित छन् । पोस्टरले दुईटा कुरा संकेत गर्छ । या त फिल्ममा पल दोहोरो भूमिकामा छन्, कि त फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको ‘मोहर’मा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, बाल–कलाकार सारा शर्मा लगायतको पनि अभिनय रहेको छ । चुम्बन जंग शाहीको निर्माणमा तयार भएको फिल्ममा दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, सुरेश अधिकारी र एसडी योगीको संगीत तथा प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।