मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अभिमन्यु’को सय दिने काउन्ट-डाउन सुरु, यस्तो छ पहिलो पोस्टर

फिल्मीखबर, काठमाडौं, 2025/06/05

Abhimanyu 99-days

 

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को सय दिने काउन्ट-डाउन सुरु गरिएको छ । आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बिहीबारबाट काउन्ट-डाउन सुरु गर्दै निर्माण पक्षले पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । जसमा तराईको सेटअप देख्न सकिन्छ । 

भर्खर गाँज हालेको धानबारीको बीचमा एक युवकले सरकारी स्कुलको पोशाकमा रहेकी सानी बच्चीलाई किताब र कपीसहित काखमा च्यापेर स्कुल लैजाँदै गरेको पोस्टरमा देखिन्छ । मधेशी समुदायका उनीहरु दाजु-बहिनी रहेको अनुमान गर्न सकिन्छ । फिल्मले सम्बन्धको कथा भन्ने पोस्टरले संकेत गर्छ । 

सुशान्त गौतमको निर्देशनमा तयार भएको फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला लगायतको अभिनय छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा फिल्म आधारित रहेको बताइएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्ममा मुकेश खनालको लेखन छ । नेपाली र हिन्दी भाषामा एकसाथ रिलिज हुन लागेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माताहरु विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन् । यसमा शरद महतोको छायांकन छ ।