मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जनै हराएको मान्छे’को मर्मस्पर्शी गीत ‘आमा’ रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/06/04

Bijay Baral, Keki Adhikari, Miruna Magar

 

हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को पहिलो गीत ‘आमा’ सार्वजनिक गरिएको छ । आमाप्रतिको प्रेमभाव बोल्ने गीतमा अर्जुन पोखरेलको संगीत, शब्द रचना तथा स्वर रहेको छ भने गायनमा अर्जुनलाई मनीषा सुनारले साथ दिएकी छन् । सार्वजनिक गीतका शब्द मर्मस्पर्शी लाग्छन् ।

गीतको भिडियोमा फिल्मका मुख्य पात्र विजय बरालले गाउँको घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरलाई चित्रण गरिएको छ । आमाको आँसु पछ्न र ऋण तिर्न सहर आएको भाव समेटिएको गीतमा पैसा कमाउन नसकेपछि बिरामी आमाको आयु बढाउन भगवानसँग गरेको विन्तीले मन छुन्छ । फिल्मले आमा-छोराको भावनात्मक सम्बन्धको कथा भन्ने गीतबाट प्रष्ट हुन्छ ।

हिमाल न्यौपानेको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा विजयका साथै केकी अधिकारी, मिरुना मगर, शशांक मैनाली, कविता आले, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, सुवास सिंह ठकुरी, निरू खड्का गौतमलगायतको अभिनय छ । ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत यो फिल्मका असोसियट निर्देशक हुन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरु कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्माताहरुमा रुपेश लामा, आरके मानन्धर, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । यसमा भानुभक्त ढकालको लेखन, अर्जुन पोखरेल, एसडी योगी, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, नवीन गुरुङ डीओपी, र कृष्ण परियारको सिनेमेटोग्राफी छ ।