मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परालको आगो’मा ‘उडि जाउँ भने’ गीत समावेश गरिने

फिल्मीखबर, काठमाडौं, 2025/06/04

Shanti Thatal

 

गायिका अरुणा लामाको कालजयी गीतमध्ये एक हो, ‘उडि जाउँ भने म पन्छी होइन ।’ यो गीत ४ दशकअघि बनेको फिल्म ‘परालको आगो’मा समावेश थियो । अब यही नाममा बन्न लागेको नयाँ फिल्ममा पनि सोही गीत राखिने भएको छ । त्यसका लागि गीतकी संगीत निर्देशक शान्ति ठटालसँग मंगलबार सिलिगुडीमा फिल्मका निर्माता सुशील पोखरेलले लिखित सम्झौता गरेका छन् ।

शान्ति ठटालको संगीत र अरुणा लामाको स्वर रहेको गीतमा मनबहादुर मुखियाको शब्द रचना छ । गीतको नयाँ भर्सनमा कुन गायिकाको आवाज रहनेछ भन्ने निधो भइसकेको छैन । फिल्मका लागि यो गीत नै चाहिने भएकाले ठटालकै निवासमा पुगेर गीतका लागि अनुमति लिइएको निर्माता पोखरेलले बताए ।

कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासङ्ग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’मा आधारित भएर बन्न लागेको फिल्ममा जितु नेपाल, प्रकाश सपुत र सुहाना थापाको मुख्य भूमिका रहनेछ । यसमा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् । उनले पहिलो पटक ग्रामीण महिलाको भूमिकामा अभिनय गर्न लागेकी हुन् । 

 

Shanti Thatal


हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । आगामी फागुनदेखि छायांकन सुरु हुन लागेको फिल्ममा सुशील देवकोटाको लेखन छ भने संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ । ‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।