मिति : २०८२ ज्येष्ठ २२, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’मा विपनाको छोरा बन्दै पल

फिल्मीखबर, काठमाडौं, 2025/06/03

paul shah

 

‘ह्रस्व दीर्घ’ निर्देशक चन्द्र पन्तको आगामी फिल्म ‘आ बाट आमा’मा कलाकारको लाइनअप बलियो बनिरहेको छ । केही साताअघि अभिनेत्री विपना थापालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको फिल्ममा अब अभिनेता पल शाह भित्रिएका छन् । उनीसँग हालै निर्देशक पन्तले लिखित सम्झौता गरेका हुन् । प्राप्त जानकारी अनुसार यो फिल्ममा विपनाको छोराको भूमिकामा पल देखिनेछन् ।

पलले फिल्मको स्क्रिप्ट मन परेको कारण आफू काम गर्न राजी भएको बताए । स्क्रिप्ट पढ्दा आफू भावुक भएको उनको भनाइ छ । उनी भन्छन्, ‘मलाई फिल्मको स्क्रिप्ट एकदमै राम्रो लाग्यो । स्क्रिप्ट इमोसनल छ । र, फिल्ममा दिग्गज कलाकारको टिम हुने भएकाले पनि यो फिल्ममा काम गर्न लागेको हुँ ।’ आफूले खेलेको फिल्ममध्ये यसको कथा एकदमै बलियो रहेको उनको दाबी छ ।

अभिमन्यू निरवीको लेखन रहेको फिल्मको केही साताअघि थिम पोस्टर सार्वजनिक गरिएको थियो । जहाँ आमाको आँखाबाट खसेको आँसु एक बच्चाले पुछिरहेको देखिन्छ । फिल्मले आमा र सन्तानबीचको भावनात्मक कथा भन्नेछ । फिल्ममा विपना र पलबाहेक अरू कलाकार निश्चित भएका छैनन् । आगामी भदौबाट छायांकन सुरु हुने फिल्मलाई फागुन १५ गते प्रदर्शन गरिँदैछ ।