मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवाद चर्किने डरले फेरियो ‘जनै हराएको बाहुन’को शीर्षक

फिल्मीखबर, काठमाडौं, 2025/06/02

janai harayako manchhe

 

निर्माण घोषणादेखि नै नामका कारण चर्चामा रहेको फिल्म हो, ‘जनै हराएको बाहुन’ । नामलाई लिएर हिन्दू धर्मसँग सम्बन्धित केही व्यक्ति र संस्थाले आपत्ति जनाएपछि रिलिजको समयमा विवाद चर्किने डरले अन्ततः फिल्मको शीर्षक परिवर्तन गरिएको छ । निर्माण पक्षले ‘बाहुन’को ठाउँमा ‘मान्छे’ शब्द राखेको छ । अब फिल्मको शीर्षक ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’ हुनेछ ।

नयाँ शीर्षकसहित सोमबार अभिनेता विजय बरालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ, जसमा उनी रातो सटमा दुईवटा झोला बोकेर घरबाट सहर निस्किन लागेको देखिन्छ । उनको निधारमा रातो टीका छ । उनको निन्याउरो अनुहारले परिवारसँग छुट्नु पर्दाको पीडा बोल्छ । निर्माण पक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग पनि दिएको छ ।

आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा विजयसहित केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्मका एसोसिएट निर्देशक मनिष राउत हुन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी छन् । भानुभक्त ढकालको लेखन रहेको फिल्ममा नवीन गुरुङ डीओपी, कृष्ण परियारको सिनेमेटोग्राफी, थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ ।