मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिर खानको अन्तिम फिल्म हुनेछ ‘महाभारत’ !

एजेन्सी, काठमाडौं, 2025/06/02

 aamir khan

 

बलिउडमा ‘मिस्टर परफेक्शनिस्ट’को रुपमा चिनिएका अभिनेता आमिर खान यतिबेला नयाँ फिल्म ‘सितारे जमीन पर’का कारण चर्चामा छन् । आगामी २० जुन (असार ६ गते) रिलिज हुन लागेको यो फिल्ममा उनले बास्केटबल कोचको भूमिका निभाएका छन् । आफ्ना पछिल्ला दुई फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ र ‘लाल सिंह चड्ढा’ असफल भएकाले यसपटक उनलाई निकै ठूलो दबाब छ ।

यतिबेला बलिउडमा उनको संन्यासको पनि चर्चा चलिरहेको छ । यसको संकेत उनी आफैंले गरेका हुन् । हालै एक अन्तर्वार्तामा उनले अन्तिम फिल्मको रुपमा ‘महाभारत’मा काम गर्न चाहेको बताएका छन् । यसपछि आफूसँग काम गर्नका लागि कुनै चिज बाँकी नरहने उनको भनाइ छ । उनलाई लाग्छ, पौराणिक महाकाव्य ‘महाभारत’मा हरेक प्रकारको कथा र भावना समेटिएको छ ।

आमिरले संन्यासको संकेत गर्दै भनेका छन्, ‘सायद ‘महाभारत’मा काम गरेपछि मलाई लाग्नेछ कि मसँग अब गर्नका लागि कुनै चिज बाँकी छैन । म यसपछि केही गर्न सक्दिनँ, किनकि यो फिल्मको कन्टेन्ट नै त्यस्तो खालको छ । यद्यपि, मलाई काम गर्दागर्दै मर्ने इच्छा छ । तर, ‘महाभारत’ गरेपछि चाहिँ संन्यासको बारेमा सोच्न सक्छु । किनकि, यसपछि मलाई अरु केही गर्न जरुरी छैन ।’

केही समयअघि उनले ‘द हलीवुड रिपोर्टर’सँगको कुराकानीमा ‘महाभारत’ आफ्नो करिअरकै सबैभन्दा ठूलो फिल्म हुने बताएका थिए । आमिरले भनेका थिए, ‘यो मेरो सबैभन्दा ठूलो फिल्ममध्ये एक हुनेछ र यसको कहानी लेख्न वर्षौं लाग्नेछ ।’ उनका अनुसार यो फिल्म एकजना निर्देशकले मात्र बनाउन सक्ने छैनन् । आमिरले फिल्ममा भगवान् श्रीकृष्णको भूमिका निभाउन सक्ने चर्चा छ ।