मिति : २०८२ ज्येष्ठ २०, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जन्ते बाख्रो साँझ’मा गरिमा बग्गी चढेर पुग्दा महेश र अस्मिताले नचाए दर्शक

फिल्मीखबर, काठमाडौं, 2025/06/01

jante bakharo (2)

 

यही जेठ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’को प्रचारमा निर्माण टिमले फरक शैली अपनाइरहेको छ । फिल्मको नामलाई ब्रान्डिङ गर्न विभिन्न सहरमा बोकाको मुकुट लगाएर प्रचार गरिएको छ भने शनिबार काठमाडौंमा विवाहको शैलीमा सांगीतिक कार्यक्रम आयोजना गरियो । जहाँ फिल्मकी अभिनेत्री गरिमा शर्मा पञ्चे बाजासहित बग्गीमा चढेर पुगेकी थिइन् ।

सामाखुसीस्थित सिटी स्क्वायर मलमा आयोजित ‘जन्ते बाख्रो साँझ’मा गरिमा आकर्षणको केन्द्र बन्दा गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी र गायक तथा संगीतकार बाबुल गिरी लगायतले फिल्ममा समावेश ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ गीत गाएर हजारौं दर्शकलाई नचाएका थिए । उक्त कार्यक्रममा फिल्मका प्रमुख अभिनेता आसिफ शाह पनि उपस्थित थिए ।

 

jante bakharo (3)


सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा आसिफ र गरिमासहित सौगात मल्ल, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको अभिनय छ । मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘जन्ते बाख्रो’ प्रेम, कमेडी तथा सामाजिक कथावस्तुमा आधारित छ ।

 

jante bakharo (1)


सन्तोष गौतमको निर्माण रहेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन छ । ‘जन्ते बाख्रो’को अर्थ, बेहुली पक्षले जन्तीलाई र बेहुला पक्षले बेहुली भित्राएपछि गाउँलेलाई खुवाउने भोज भन्ने हुन्छ । पछिल्लो समय ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले यो परम्परा लोप भएको छ ।