मिति : २०८२ ज्येष्ठ १८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर हुने

फिल्मीखबर, काठमाडौं, 2025/05/30

mahabhoj

 

राजनीतिक परिस्थितिका कारण नेपाल प्रदर्शन स्थगित भएपछि फिल्म ‘महाभोज’को अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । आगामी जुन १ तारिख अर्थात् बैशाख १८ गते आइतबार अस्ट्रेलियाको पश्चिमी शहर पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा फिल्मको प्रिमियर आयोजना हुने निश्चित भएको निर्माता हिमाल कडरियाले जानकारी दिए ।

साँझ ६ बजेबाट सुरु हुने प्रिमियरको व्यवस्थापन अस्ट्रेलिया वितरक कम्पनी रोटेपिङ इन्टरटेन्मेन्टले गरिरहेको छ । छोटो समय र तयारीको व्यस्तताका कारण फिल्मका कलाकार भने प्रिमियरमा उपस्थित हुने छैनन् । यद्यपि, केही दिनपछि सबै सहरको शोहरूलाई लक्षित गरेर सहभागी हुने जनाइएको छ ।

नेपालमा जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर फिल्मलाई प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, सोही दिन राजधानी काठमाडौंसहित देशभर राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिम देखिएपछि फिल्मको रिलिज अन्तिम घडीमा रोकिएको थियो । फिल्मको नयाँ प्रदर्शन मिति केही दिनमा घोषणा गर्ने तयारीमा निर्माण पक्ष छ ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्मले सहकारी ठगीको मारमा परेको परिवारको स्थिति, यसले समाजमा पारेको प्रभाव तथा प्रत्येक व्यक्ति कसरी प्रभावित छन् भन्ने कथा मनोरञ्जनात्मक तथा भावनात्मक तरिकाले भन्छ । यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायत अभिनय छ ।