मिति : २०८२ ज्येष्ठ १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खानाप्रतिको प्रेमले होटल खोल्न चाहन्थे प्रभास, कसरी बने फिल्म स्टार ?

एजेन्सी, काठमाडौं, 2025/05/29

prabhas

 

१९ वर्षको एउटा युवक, जो अंकलसँग चुनाव प्रचार गरिरहेको थियो । प्रचारलाई चुस्त बनाउन उसले कुनै कसर छाडेन । अंकलले लोकसभा चुनाव पनि जिते । तर, प्रचारको दौरानमा ती युवकले एउटा प्रण गरे, ‘जेसुकै भए पनि राजनीतिमा चाहिँ आउँदिनँ ।’ किनकि, उसलाई राजनीतिक तौरतरिका मनै परेको थिएन । ऊ निकै अल्छी स्वभावको थियो । उसको प्रेम खानाप्रति मात्र थियो ।

खानाको सौखिन भएकै कारण उसले भविष्यमा एउटा ठूलो होटल खोल्ने सोच बनायो । तर भनिन्छ नि, ‘कोपिलाले कस्तो आकार लिन्छ भन्ने कुरा नफुल्दै अनुमान गर्न सकिँदैन ।’ प्रत्येक कोपिलाको आफ्नै एउटा निश्चित आकार हुन्छ । ती युवकको जीवनमा पनि त्यस्तै भयो । होटल खोल्ने सोच बनाएको ऊ अहिले साउथ फिल्मको ठूलो ‘स्टार’ बनेको छ । उनी अरू कोही नभएर प्रभास हुन् ।

पिता उप्पलपति सूर्य निर्माता र चुनाव समेत जितेका अंकल कृष्णम राजू साउथ फिल्मका ठूला स्टार थिए । पिताले बनाएको फिल्म ‘भक्त कन्नप्पा’ हेरेपछि प्रभासले होटल खोल्ने सपना त्यागेर हिरो बन्ने अठोट लिए । सन् २००२ मा आएको ‘ईश्वर’बाट उनको त्यो सपना पूरा भयो । त्यसपछि ‘वर्षम’बाट तेलुगू इन्डस्ट्रीमा स्थापित भएका उनी ‘बाहुबली’को श्रृंखलाबाट भने ‘पेन इन्डिया स्टार’ बने ।

उनलाई ‘स्टारडम’को घुड्की निर्देशक एसएस राजामौलीले पिलाएका हुन् । सन् २००५ मा आएको राजामौलीको फिल्म ‘छत्रपति’ले उनलाई करिअरको उत्कर्षमा पुर्‍याएको थियो । यसपछि ‘डार्लिङ’, ‘रेबेल’, ‘मिर्ची’ जस्ता फिल्मबाट उनले गजब ‘स्टारडम’ बनाए । ‘बाहुबली’ सिरिजले त उनलाई विश्वव्यापी चर्चा दिलायो । अहिले उनी तेलुगू इन्ड्रस्टीका सफल र महंगा अभिनेता कहलिएका छन् ।

प्रभासको करिअरकै उत्कृष्ट फिल्मको रुपमा ‘बाहुबली’लाई लिइन्छ । तर, यसका लागि उनी पहिलो रोजाइ भने थिएनन् । निर्देशक राजामौली बलिउड सुपरस्टार ऋतिक रोशनलाई फिल्म बनाउन चाहन्थे । तर, उनले अस्वीकार गरेपछि प्रभासको पोल्टामा यो फिल्म परेको थियो । यही फिल्मका लागि उनले चार वर्ष समय दिएका थिए । अन्ततः यसले उनलाई नसोचेको सफलता दिलायो ।