मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध

फिल्मीखबर, काठमाडौं, 2025/05/26

‘कार्साङ’ निर्देशक यम शेर्पा र अभिनेता दयाहाङ राईबीच पुनः सहकार्य हुने भएको छ । निर्देशक शेर्पाको आगामी फिल्म ‘मिरमिरे’ मा उनीहरूबीच दोस्रो पटक सहकार्य हुने भएको हो । निर्माण पक्षले हालसालै फिल्मको प्रमुख भूमिकामा दयाहाङ राईलाई अनुबन्धित गरेको छ ।

 

फिल्ममा दयाहाङ जोडिएसँगै निर्देशक शेर्पाले भने, ‘स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी चाँडै आउँदै छौं ।’

 

‘मिरमिरे’ मा कलाकारको लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुनेछन्, त्यो भने खुलाइएको छैन । फिल्मको निर्देशनसंगै कथा पनि यम शेर्पा स्वयंको रहनेछ । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । 

 

 

नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको थियो ।

थिम पोस्टरमा एक महिला र एक पुरूष पात्र मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो । 

 

‘मिरमिरे’ को निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् भने सह–निर्माता गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । फिल्मको कार्यकारी निर्मातामा रोहित कट्टेल छन् ।

 

फिल्म २०८२ भित्रै प्रदर्शनमा ल्याउने भनिए पनि मिति भने तय भएको छैन । ‘मिरमिरे’ लाई आरआर फिल्मले देशभरका हलमा वितरण गर्नेछ ।