मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'महाभोज'को नयाँ प्रचार शैली: सडक नाटकले तान्यो दर्शकको ध्यान

फिल्मीखबर, काठमाडौं, 2025/05/25

आउँदो जेठ १५ गते बिहीबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'महाभोज' ले आफ्नो प्रचार प्रसारमा नौलो शैली अपनाएको छ। फिल्मले रिलिजको केही दिन अघिदेखि नै सडक नाटक मार्फत दर्शकमाझ आफ्नो कथावस्तु प्रस्तुत गरिरहेको छ।

शनिबार साँझ काठमाडौंको गोङ्गबुमा 'सत्य कहिल्यै लुक्दैन – महाभोज' शीर्षकको सडक नाटक प्रदर्शन गरियो। यस नाटकले सयौं दर्शकलाई आकर्षित गर्दै फिल्मको मूल भावबारे जानकारी गरायो। फिल्म निर्माण पक्षका अनुसार, यो अभियान 'महाभोज' रिलिज नभएसम्म काठमाडौंका विभिन्न स्थानहरूमा दैनिक रूपमा सञ्चालन हुनेछ।


प्रचारका लागि तयार पारिएको यो सडक नाटकमा कलाकारहरूले सहकारी पीडित र पीडकबिचको संघर्षपूर्ण कथा लाई प्रत्यक्ष अभिनयमार्फत प्रस्तुत गरेका छन्। फिल्मको मूल कथावस्तुसँग मेल खाने गरी तयार पारिएको यस नाटकको निर्देशन आकाश नेपाली ले गरेका हुन् भने लेखन सरिता कठायत को रहेको छ। नाटकमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी लगायतका कलाकारहरूले अभिनय गरेका छन्। नाटक व्यवस्थापनको जिम्मा ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपाल ले लिएका थिए भने नाटक प्रस्तुति शुभआकाश टिम ले गरेको हो।

दिनेश राउत निर्देशित 'महाभोज' ले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्दछ। यसमा पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल लाई गहिरोसँग समेटिएको छ।

फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला को प्रमुख भूमिका रहेको छ। क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् भने लेखक विकास सुवेदी हुन्। 'महाभोज' नेपालसँगै विदेशका केही मुलुकहरूमा पनि एकसाथ रिलिज हुने तयारीमा छ।