मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो राजेश हमालको ‘नरसिंहा: अवतार’

फिल्मीखबर, काठमाडौं, 2025/05/23

 

‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमालले ८ वर्षपछि कमब्याक गरेको फिल्म ‘नरसिंहा: अवतार’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ । एकल रिलिजको दुर्लभ अवसर पाएको फिल्मलाई देशव्यापी १ सय ३० बढी शो प्राप्त छ, जुन सुखद हो । अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई छ ।

गत मंगलबारदेखि नै फिल्मको देशभरका हलमा अग्रिम बुकिङ खुलाइएको थियो । तर, फिल्मको हाइपअनुसार बुकिङ अपेक्षित देखिँदैन । अब ‘डोर सेल’ कस्तो हुन्छ ? र, दर्शकीय प्रतिक्रिया कस्तो आउँछ त्यसमा फिल्मको व्यापारिक भविष्य निर्भर हुनेछ ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा राजेशसहित नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, प्रशान्त ताम्राकार लगायतको अभिनय छ । प्रेम, परिवार र बदलाको कथामा आधारित रहेको फिल्मको निर्मातामा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् ।

यतिबेला हलमा ‘ऊनको स्वीटर’को दबदबा छ । तेस्रो हप्तामा आइपुग्दा पनि फिल्मले शुक्रबारका लागि देशव्यापी ११२ शो पाएको छ । यसले फिल्मको व्यापारलाई दर्शाउँछ । ‘के घर के डेरा २’, ‘अञ्जिला’ लगायतका नेपाली फिल्म पनि हलमा प्रदर्शनरत छन् ।